|

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे १९ को असफल कू विरुद्धको सुनुवाइमा किन्शासाको सैन्य अदालतले तीन अमेरिकीसहित ३७ जना कू षड्यन्त्रकारीहरूलाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ।

राष्ट्रिय टेलिभिजनमा प्रशारण भएको सुनुवाइसँगै राजधानी किन्शासामा रहेको सैन्य अदालतले कुल ५१ जनालाई मुद्दा चलाएको थियो। मृत्युदण्डको सजाय पाएका तीन अमेरिकीहरूलाई आपराधिक सङ्गठन, आक्रमण र आतंकवादको अपराधमा दोषी ठहर गरिएको थियो।

जसमा कू प्रयासको कथित नेता क्रिश्चियन मलंगाका छोरा मार्सेल मलंगा पनि थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.