|

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने अठोट लिएको बताएका छन्।

६० औं राष्ट्रिय बालदिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सडक बालबालिका मुक्त देश बनाउन सरकारले ठूलो अभियानसहितको अठोट लिएको बताएका हुन्। उनले बालबालिकाहरूलाई सडकमुक्त गराउन आफूले पहिलोपटक प्रधानमन्त्री भएका वेलादेखि नै अभियान सञ्चालन गरेको र त्यसलाई फेरि निरन्तरता दिएको पनि स्मरण गराए।

प्रधानमन्त्री ओलीले बालबालिकाहरूले गरिबी झेल्नुपर्ने अवस्था अन्त्यका लागि सरकारले पर्याप्त ध्यान दिएको पनि बताए। विश्वको गरिबी यथावत् रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बालबालिकालाई त्यो अवस्थाबाट मुक्त गराउन सरकारले पर्याप्त ध्यान दिनुपरेको पनि स्पष्ट पारे। उनले बालबालिकाहरू बन्धन र नियन्त्रणमा नभई उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताए।​

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल सरकारले यो वर्षभित्र विक्रम संवत् २०८१ सालभित्र सडक बालबालिका मुक्त देश बनाउने भनेर एउटा ठूलो अठोट र अभियान थालेको छ। यो अभियान म प्रधानमन्त्री भएको बेला पहिला पनि अगाडि बढाएको थिएँ। बालबालिकाले हप्कीदप्कीमा होइन, स्नेहमा बाँच्न पाउनुपर्छ। बन्धन र नियन्त्रणमा होइन, उन्मुक्तिमा बाँच्न पाउनुपर्छ। सम्पूर्ण अवसर प्राप्त गर्न पाउनुपर्छ।’

त्यस अवसरमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले समेत बालअधिकारमा जोड दिएको तथ्य पनि उजागर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.