|

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ को शुभारम्भ गरेका छन्।

शनिवार काठमाडौंमा राष्ट्रपति पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ उद्घाटन गरेका हुन्। त्यस अवसरमा राष्ट्रपति पौडेलले स्रष्टाहरूलाई अभिनन्दन समेत गरे।

त्यस अवसरमा राष्ट्रपति पौडेलले काली-कर्णाली क्षेत्रको मौलिक गीत, संगीत, पर्यटन, कला र संस्कृतिको संरक्षण, संवर्धन तथा प्रवर्धन गरी सांस्कृतिक क्षेत्रलाई समृद्ध बनाउन देउडा सांस्कृतिक उत्सवले महत्त्वपूर्ण योगदान दिने बताए।

राष्ट्रपतिले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दशजना स्रष्टालाई सम्मान गरे।

राष्ट्रपति पौडेलले साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता विराज भट्ट, खेलाडी दीपक विष्ट, देउडा गायक नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्तप्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्रबहादुर साउदलाई सम्मान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.