विश्वकै उत्कृष्ट अवार्ड : हि डोङ
विश्वकै उत्कृष्ट अवार्ड : हि डोङ
ललितपुर : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताएका छन्। साहसिक खेलको प्रचुर सम्भावना भएकाले अन्तर्राष्ट्रिय जगतमा यसको सन्देश प्रवाह गर्न अति आवयक रहेको उनले उल्लेख गरे।
त्यसका लागि सरोकारवाला समूहबीच एक मत कायम गर्दै यसको सन्देश विश्वभर फैलाउन आह्वान गरे।
एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) कंग्रेसमा सहभागी हुन विभिन्न २८ देशबाट काठमाडौँ आएका ५० खेल पत्रकार र एआइपीएस एसिया पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले यस्तो आवहन गरेका हुन्।
सो अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चको केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्यहरू पनि सहभागी थिए। उनले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गरे।
’नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको प्रचुर सम्भावना छ। एभरेष्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन्’ , राष्ट्रपति पौडेलले भने, 'हालै पेरिसमा सम्पन्न पारा ओलम्पिकमा पलेशा गोवर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बढाइसकेकी छिन्।
नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभइ खेलकुद क्षेत्र पनि भएको उनले बताए।
उनले यो सन्देश विश्व समुदाय समक्ष प्रवाह गरे नेपालको पर्यटनसँगै खेलकुदको पनि विकास हुने बताए। उनले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर खेलकुद पत्रकार मञ्चले खेल र खेलाडीको विषयमा सराहनीय कार्य गरेको बताए।
विश्वकै उत्कृष्ट अवार्ड : हि डोङ
एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया)का अध्यक्ष हि डोङ जोङले नेपालले दिएको यो आतिथ्यताको प्रशंशा गरे।
उनले नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले प्रदान गर्ने अवार्ड नेपाल र एशियाको मात्रै नभएर विश्वकै खेलकुद पत्रकारले दिने उत्कृष्ट अवार्ड भएको बताए। यो विश्वकै नमूनाका रुपमा रहेको अवार्ड हो,' उनले भने, 'दक्षिण कोरियाका हि डोङले एशियन स्पोर्टस् जर्नालिस्टको अवार्ड प्राप्त गरेका छन्।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।