मस्को : रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान गरिएको छ। सम्झौतानुसार दुबैतर्फका बराबर सङ्ख्या गरी कुल २०६ बन्धक सैनिकको शनिबार आदानप्रदान गरिएको छ।
रूसी रक्षा मन्त्रालयका अनुसार गत अगष्ट ६ देखि कुर्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणका क्रममा बन्दी बनाइएका रूसी सैनिक र रूसले युक्रेनका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका युक्रेनी सैनिकआदानप्रदान गरिएको हो। युक्रेनी पक्षबाट यसबार तत्काल कुनै प्रतिक्रिया आइसकेको छैन।
रूसी रक्षा मन्त्रालयले भनेको छ, ‘वार्तापछि १०३ जना रूसी सैनिकलाई युक्रेनले र त्यसको बदलामा युक्रेनी सेनाका १०३ जना युद्धबन्दीलाई सुपुर्दगी गरिएको छ।’
अहिले सबै रूसी सैनिक बेलारूसको भूमिमा छन्, जहाँ उनीहरूलाई आवश्यक मनोवैज्ञानिक र चिकित्सा सहायता प्रदान गर्नुका साथै उनीहरूका आफन्तसँग सम्पर्क गर्ने अवसर प्रदान गरिएको मन्त्रालयले बताएको छ।
जारी शत्रुताको बावजुद, रूस र युक्रेनले संयुक्त अरब इमिरेट्स, साउदी अरब वा टर्कीको मध्यस्थतामा साढे दुई वर्षको द्वन्द्वको दौडानमा सयौँ कैदी साटासाट गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।