|

काठमाडौं :  इस्लाम धर्मावलम्बीले सोमबार हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन्।

इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अब्बल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ। इस्लाम धर्मावलम्बी यो महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन्।

मोहम्मद जयन्तीको अवसरमा  सरकारले मुस्लिम धर्मावलम्बीका लागि सावर्जनिक बिदा दिएको छ। 

गृह मन्त्रालयले सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्तीकोजानकारी प्राप्त भएकाले सोमबार सार्वजनिक बिदा दिएको जनाएको छ। 

‘२०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले भनेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.