|

काठमाडौं : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। आठजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस गएराति गएराति १ बजे अनियन्त्रित भई पुलबाट आठ मिटर तल खसेको हो। स्थानीय सामुदायिक प्रसूति गृह अस्पताल र सिटी अस्पताल निजगढमा घाइतेको उपचार भइरहेको छ।

सामुदायिक प्रसूति गृह अस्पताल निजगढ बारामा ३४ जनामध्ये गम्भीर ६ र सिटी अस्पताल निजगढ बारामा गम्भीर दुईसहित ९ जनाको उपचार भरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशहवाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.