काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन भारत पुगेका छन्।
उनी एक हप्ता अगाडिदेखि नै भारतको बैंगलोरमा रहेको उनको सचिवालयले जनाएको छ। साहका स्वकीय सचिव भुपदेव साहका अनुसार उनी भोलि काठमाडौं आइपुग्ने छन्।
उनी आफू पढेको कलेजका पूर्वविद्यार्थीहरुको कार्यक्रममा भाग लिन त्यहाँ गएको सचिवालयले जनाएको छ।
तर, अनेरास्ववियुका अध्यक्ष समिक बडाल बालेन बैंगलोरमा आफ्नो सर्टिफिकेटमा नाम सच्याउन गएको दावी गरेका छन्।
मंगलबार काठमाडौंमा इन्द्रजात्राको मुख्य दिन हो। प्रत्येक वर्ष इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्छ। उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थहरुलाई निम्ता गरिन्छ। उनीहरुलाई काठमाडौंका मेयर–उपमेयरले स्वागत गर्छन्। तर उनी इन्द्रजात्रामा उपस्थित हुने छैनन्।
इन्द्रजात्रा नभ्याउने गरी बालेन आइपुग्ने सेड्यूल रहेको सचिवालयले जनाएको छ। उनी प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत छल्नका लागि भारत गएको चर्चा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।