|

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बर्खे अधिवेशन आज (सोमबार) मध्यरातिबाट अन्त्य हुँदैछ । गत  वैशाख २८ गतेबाट सुरु भएको चौथो अधिवेशन जसम्म गरी १३० दिन चल्यो। 

सभामुख देवराज घिमिरेले आजको बैठकमा संसद्को गतिविधिबारे गारएको जानकारी अनुसार ५३ दिनमा ५६ पटक बैठक बस्यो । २०६ घण्टा २५ मिनेट संसदीय काम कारवाहीमा बित्दा ५ विधेयक पारित भए । यस अवधिमा संयुक्त बैठक दुई पटक बसी ३ घण्टा ५५ मिनेट समय व्यतित गरिएको छ ।

यस अधिवेशनमा प्रतिनिधिसभामा ८ वटा सरकारी र एउटा गैर सरकारी गरी ९ विधेयक दर्ता भए भने ५ दुबै सदनबाट पारित भएको सभामुख घिमिरेले जानकारी दिए । ३ वटा विधेयक समितिमा विचाराधीन छन् ।

राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सम्बन्धित समितिमा विचाराधीन छ भने अघिल्ला अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त १० वटा विधेयकमध्ये ४ वटा विधेयकहरू पारित गरी फिर्ता पठाइएको छ। विधायन विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश भएको छ भने ४ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन अवस्थामा रहेका छन् । संसद् सचिवालयका अनुसार राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक सभामा प्रस्तुत भएको छ।  

यी हुन् बर्खे अधिवेशनका गतिविधि:–

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.