|

काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अहिले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गरिरहेको छ।

पौने ९ बजे किङ सिटीमा शुरु भएको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि घरेलु टोली क्यानडाले पहिले ब्याटिङ गरिरहेको छ। 

१० ओभरको खेल सकिँदा घरेलु क्यानडाले १ विकेट गुमाएर २८ रन बनाउँदै खेलिरहेको छ। ओपनर आरोन जोन्सनलाई १० रनमा ललित राजवंशीले कट एन्ड बोल्ड गरेका छन्।

नेपाल र क्यानडाको खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने भनिए पनि अन्तिम समयमा खेल एक घण्टा पछि सरेको हो। 

७ महिनापछि एकदिवसीय फर्म्याटमा  मैदानमा उत्रन लागेको नेपालका लागि ओमान र क्यानडासँगको त्रिकोणात्मक शृंखला गर या मरको स्थितिमा छ। 

लिग–२ को पहिलो सिरिजमा घरेलु मैदानमा खराब प्रदर्शन गर्दै ४ मध्ये ३ खेलमा पराजित भएको नेपालमाथि यो शृंखलाका खेलहरु जित्नैपर्ने दबाब छ। 

क्यानडासँगको खेलपछि नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने तालिका छ। ओमानसँग हेड टु हेडमा  नेपाल अगाडि छ।  अहिलेसम्म खेलेका ३ ओडीआई खेलमा नेपालले बाजी मारेको छ। 

एकदिवसीय शृंखला सकिएपछि तीनवटै टोलीले त्रिकोणात्मक टी–२० आई शृंखला खेल्ने छन्। त्यसपछि नेपाली टोली लिग–२ अन्तर्गतको अर्को शृंखला खेल्न अमेरिका जानेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.