|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्‍‍‍त्र अध्ययन संस्थान (आइओएम) ​को डिन बन्न १३ जना प्राध्यापकले निवेदन दिएका छन्।

हालकी डिन प्राडा दिव्यासिंह शाहको ४ वर्षे पदावधि सकिएपछि संस्थानमा डिन नियुक्तिका लागि त्रिवि कार्यकारी परिषद्ले डिन नियुक्तिका लागि नाम सिफारिस गर्न ३२ साउनमा प्राडा कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो।

जसमा अध्ययन संस्थानकै प्राडा सुवास आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य रहेका थिए। यही समितिमार्फत संस्थानको नयाँ डिनका लागि १३ जना प्राध्यापकको निवेदन परेको अध्ययन संस्थान स्रोतले जनाएको छ।

स्रोतका अनुसार हालकी डिन दिव्यासिंह शाहदेखि पूर्व डिन तथा आइओएम अन्तर्गत रहेको त्रिवि शिक्षण अस्पतालका प्राडा दिनेश काफ्ले र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका पूर्व निर्देशकसम्मको निवेदन परेको पाइएको छ। जसमा डिन पदका लागि आवेदन दिनेहरूमा प्राडा अभिमन्यु झा, प्राडा मोहनराज शर्मा, प्राडा निरजु रञ्जित, प्राडा रामचन्द्र अधिकारी र प्राडा रमेशसिंह भण्डारी रहेका छन्।

यसैगरी प्राडा मिथा राना, सह-प्राडा ज्योतिबाबा श्रेष्ठ, प्राडा संगरत्न बज्राचार्य, प्राडा रत्नमणि गजुरेल, र प्राडा सुधा बस्नेतले पनि डिन पदका लागि आवेदन दिएका छन्।

हालकी डिन प्राडा दिव्यासिंह शाहको कार्यकाल गत असार ४ गते सकिएको थियो तर उनलाई नयाँ डिन नियुक्त नभएसम्म काम चलाउ हैसियतमा काम गर्ने जिम्मेवारी तोकिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.