दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ। दिल्ली सरकारका मन्त्री गोपाल राईले मुख्यमन्त्रीका लागि आम आदमी पार्टीकी नेतृ आतिशीलाई अघि सारिएको बताए। राईले आतिशी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बीबीसीले जनाएको छ ।
मुख्यमन्त्री अरविन्द केजरीवालले साँझ दिल्लीका उपराज्यपाललाई भेटेर राजीनामा बुझाउने तयारी गरेका छन्। आतिशी आम आदमी पार्टी (आप) विधायक दलको बैठकमा नेता समेत चुनिएकी छिन्। आतिशीले आज साँझ लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर सरकार गठनको दाबी गरिएको छ ।
विधायक दलको बैठकमा अरविन्द केजरीवालले आफ्नो स्थानमा मन्त्री आतिशीलाई अर्को मुख्यमन्त्री बनाउने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव आम आदमी पार्टीका विधायकहरूले सर्वसम्मतिले स्वीकार गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।