काठमाडौँ : यो साता लगातार ३ कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक खस्किएको छ। आज पनि नेप्से ४ अङ्कले घटेर २ हजार ५७६ दशमलव ७६ अङ्कमा कायम भएको छ।
आज ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ८० हजार ३७८ पटक खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज बैंकिङ समूह शून्य दशमलव ७६ र निर्जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ८ दशमलव शून्य ८ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य रहेको छ। यो ७ दशमलव ६७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट लिमिटेडको २० करोड ५८ लाख ८ हजार ५८४ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ५ लाख ७ हजार २७० कित्ता शेयर किनबेच भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।