काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन विसं २०८२ वैशाख अन्तिममा हुने भएको छ।
रास्वपाको काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख २५, २६ र २७ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार पार्टी सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गरेका छन्। रास्वपाको गत साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो।
राप्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमाले साना दलको अस्तित्व मेटाउने योजनामा रहेको आरोप लगाएको छ । उसले वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुविकरणको प्रस्ताव पनि पारित गरेको छ।
सभापति रवि लामिछानेको राष्ट्रिय भेलामा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै वैकल्पिक शक्तिलाई एक ठाउँमा उभिन आह्वान गरिएको छ।
सत्ता साझेदार दल कांग्रेस र एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रपञ्च गरिरहेको प्रतिवेदनमा औँल्याइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।