|

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले नागरिकमा राज्यमाथिको भरोसा र विश्वास संकटमा परेको टिप्पणी गरेका छन्। उनले सरकार र राजनीतिक दलले देशमा सामाजिक न्याय, आर्थिक वृद्धि सुशासन भाषणमा मात्रै सीमित गरेको गुनासो नागरिकबाट आइरहेको बताएका छ्न्। 

संविधान दिवसको अवसरमा शुभकामना दिदैँ उनले सरकार र राजनीतिक दलहरूले नेपालको सुन्दर भविष्य संविधानको जगवाट मात्र निर्माण गर्न सकिन्छ भन्ने हेक्का राख्नुपर्ने बताएका छन् । 

‘संविधानतः सवै नेपाली नागरिक समान छन भन्ने कुरा व्यवहारमा नदेखिदा राज्यमाथि आम मानिसको भरोसा र विश्वास संकटमा परेको छ । कार्यकारीमा वस्ने नेतृत्वको शक्तिको असिमित चाहनाले संविधानको मूल मर्म शक्ति पृथकीकरणको सिद्धान्तलाई नै चोट पुग्न गयो’, कोइरालाले भनेका छन्।

कोइरालाले नेपालका संवैधानिक निकायको गरिमा र भूमिकामाथि आम नेपालीले प्रश्न उठाएको भन्दै यसको पछाडि कार्यकारीबाट गरिने मिचाहा प्रवृत्ति जिम्मेवार रहेको जनाएका छन्। ‘राज्य संचालनका यस्ता निकायहरूमा सक्षम, योग्य र इमान्दार मानिसहरुलाई पञ्छाएर ‘आफ्नो मान्छे भर्ना गर्ने सामन्तवादी सोचबाट हामी कहिले मुक्त हुने?’, उनले प्रश्न गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.