काठमाडौं : राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले चीनसँग सम्झौता गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयन गर्न ढिलाई गर्न नहुने बताएका छन्।
काठमाडौंमा बिआरआई परियोजना कार्यान्वयनसम्बन्धी दुई मुलुकका अधिकारीहरुबीचको छलफल कार्यक्रममा बोल्दै (बीआरआई) परियोजना कार्यान्वयनको आवश्यकता औंल्याएका हुन्।
पूर्वअध्यक्ष तिमिल्सिनाले सो परियोजनाबाट नेपालले लाभ लिनेमा शंका नगर्न आग्रहसमेत गरे। उनले सो परियोजनाबारे जनतामा विद्यमान भ्रमलाई चिर्नका लागि त्यसबाट नेपालले पाउने लाभबारे जनस्तरमा नै व्यापक छलफल चलाउनुपर्ने जरुरी रहेको बताए।
बिआरआई परियोजनाका कारण श्रीलंकामा समस्या आएको भन्ने कुरा सत्य नभएको पनि पूर्वअध्यक्ष तिमिल्सिनाले स्पष्ट पारे। उनले नेपालले भारत, चीन वा कुनै पनि तेस्रो मुलुकबाट जनताको हित हुनेगरी लाभ लिने कुरामा पछि पर्न नहुने बताए।
उनले भने, ‘बिआरआईमा जब हामीले सहमति गर्यौँ, सम्झौता गरिसकेका छौँ। अब यसमा यो पार्टी, त्यो पार्टी भन्ने कुरा छैन। काँग्रेस पार्टी नेतृत्वमा हुँदा काँग्रेस पार्टीको तर्फबाट मन्त्री हुँदाखेरी हस्ताक्षर भएको छ। यस्ता सहमती भइसकेका कुराहरुलाई अब बुदागत ढंगले कुन, कुन कुरालाई कसरी कार्यान्वयन गराउने? कति छिटो त्यसलाई कार्यान्वयन गरेर लाभ लिने भन्ने कुरामा सोच्नुपर्ने हुन्छ। अघि पनि चर्चा भएको छ। म यहाँ अनुरोध गर्न चाहन्छु–यति राम्रो कार्यपत्र अघि यहाँ प्रश्तुत गर्नुभएको छ । यही ढंगले जनस्तरमा बीआरआई के हो ? त्यसबाट नेपालले कसरी लाभ लिनसक्छ? त्यो कुराको बारेमा जनस्तरमा बुझाउने कुरामा अझै कमी भएको हो कि । त्यसले एउटा वातावरण बनाउँछ । हाम्रो हितलाई, राष्ट्रको हितका लागि हामीले चीन, भारत वा तेस्रो मुलुकबाट सहयोग लिने हो। अरुको हितका लागि होइन, हामी हाम्रै हितका लागि लाग्नुपर्ने हुन्छ।'
पूर्वअध्यक्ष तिमिल्सिनाले पर्यटकहरुलाई नेपालमा प्रशस्त मात्रामा भित्र्याउनका लागि सरकारले सोही अनुसारको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।