|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन्। बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताएका हुन्।

उनले मुलुक संघीयताको अभ्यासमा गएको भए पनि अझै पनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारका बीचमा अन्यौलता सिर्जना भइरहेको बताए। उनले स्थानीय तह र प्रदेश सरकारले पनि संविधानको मर्मअनुसार काम गर्न नसकेको बताए।

उनले पालिकाहरुलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताए। प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने उनले बताए। प्रदेश सभालाई गाउँपालिकाका सदस्यहरु रहेको विधायकी थलो बनाउनुपर्ने उनको भनाइ छ।

उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञहरुको बनाउनुपर्ने बताए।

उनले भने ‘कुन काम प्रदेश सरकारले गर्ने, कुन काम स्थानीय सरकारले गर्ने भन्नेमा संविधानको स्प्रिटअनुसार काम गर्न सकेनौँ। अहिले फम र फङ्शनमा ठूलो ग्याप देखियो भन्ने कुरा आइरहेको छ। जिम्मेवारीका हिसाबले १७९३ वटा फङ्सनलाई बाँडफाँट गरिएको छ। क्षमता चाहीँ कानूनी, प्रशासनिक र वित्तीयमै एकदमै ठूलो ग्याप भएको हुनाले त्यसको स्प्रिटअनुसार भएको छैन। अहिलेको आम असन्तुष्टि पनि त्यही नै हो। हाम्रो लाइन चाहीँ बलियो, स्वच्छ, सुदृढ संघीय सरकार होस्।'

उनले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरेअनुरूप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरु रहेका बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.