|

संयुक्त राष्ट्रसंघको महासभाले बुधबार एक गैर बाध्यकारी प्रस्ताव पारित गरेको छ।

जसमा इजरायलले कब्जामा लिएको प्यालेस्टाइनको भूभागलाई आगामी १२ महिनाभित्र छोड्न आह्वान गरेको छ। संयुक्त राष्ट्र संघको १० औं आपतकालीन विशेष सत्रमा कब्जा गरिएको पूर्वी जेरुसेलम र बाँकी प्यालेस्टाइन क्षेत्रमा इजरायली कारबाहीलाई ध्यानमा राख्दै पक्षमा १२४ मत, विपक्षमा १४ र अनुपस्थिति ४३ मतले यो प्रस्ताव पारित भएको थियो।

मङ्गलबार प्यालेस्टाइन राज्यले पेश गरेको र दुई दर्जनभन्दा बढी राष्ट्रहरूले सह–प्रायोजित गरेको प्रस्तावमा इजरायलले अन्तर्राष्ट्रिय कानुन अन्तर्गतका सबै कानूनी दायित्वहरू पूरा गर्न माग गर्दै अन्तर्राष्ट्रिय न्यायालयको सल्लाहकार राय सहितको माग गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.