|

काठमाडौं : सरकारले तामझामका साथ संविधान दिवश मनाइरहँदा माइतीघरदेखि बानेश्वरसम्म ‘दलितलाई खै’ भन्दै प्रदर्शन भएको छ। ४४ दिनदेखि ‘दलितलाई खै’ लेखिएको प्लेकार्ड बोकेर माइतीघरमा धर्ना दिँदै आएका अभियन्ता खगेन्द्र सुनारको आह्वानमा युवाहरू प्रदर्शनमा उत्रिएका हुन्।

सुनारले ‘असोज ३ दलितका लागि एक दिन’ अभियान घोषणा गरेका थिए। आजको प्रदर्शनमा सुनारबाहेक अन्य युवाहरुसमेत नेल लगाएर प्रदर्शनमा सहभागी भएका छन्।

आन्दोलन र सम्भावित झडपलाई मध्यनजर गर्दै माइतीघर क्षेत्रमा ठूलो संख्यमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.