|

जनकपुरधाम :  मधेश प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकको निर्णयानुसार आज राति १२ बजेदेखि लागू हुने गरी चालू तेस्रो अधिवेशन अन्त्य गरेको छ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालू तेस्रो अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले बताए।

गत जेठ २१ गतेदेखि शुरु भएको तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो। चालू अधिवेशनबाट बालिका संरक्षण विधेयक, स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधाबारे व्यवस्था गर्न बनेको विधेयक तथा मधेश प्रदेशमा खेलकुदको विकास गर्नका लागि बनेको विधेयक प्रदेशसभाले पारित गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.