काठमाडौं : चितवन, भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेडबीच विशेÈ छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रिला श्रेष्ठ तथा कलेजका तर्फबाट निर्देशक डा.मनोहर प्रधानले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएबापत विशेÈ छुट पाउने भएका छन्। सिओएमएस मा उपचार गर्दा औÈधि, सिटिस्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत २० प्रतिशतसम्म छुट पाउनेछन्।
प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालद्वारा बिल भुक्तानी गर्नुपर्ने छ।
तर, यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेस गर्नुपर्ने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।