|

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनको बन्द सत्र फेरि स्थगित भएकाे छ। अखिल क्रान्तिकारीले आज सूचना जारी गर्दै आज गर्ने भनिएको बन्द सत्र स्थगित भएको जनाएको हो।

सूचनाअनुसार बन्द सत्र भोलि (बिहीवार)का लागि तोकिएको छ। उमेर हदको विषयमा विवाद भएपछि बन्द सत्र हलमै तोडफोडसमेत भएको छ। क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन गत बिहिवार शुरु भएको थियो।

त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा आयोजना हुने सम्मेलन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए। तर विवादका कारण बन्द सत्र प्रभावित बनेको छ।

असोज १४ गते पनि जारी सम्मेलनमा कुर्सी हानाहान परेको थियो। सम्मेलन स्थलमै प्रतिनिधिहरूले कुर्सीले हानाहान गरेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.