|

काठमाडौँ : नेपालको युवा टोलीले श्रीलंकामा हुने सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष यू–२० च्याम्पियनशिपमा प्रतिष्पर्धा गर्ने भएको छ।

उक्त च्याम्पियनशिप यही असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदै छ। प्रतियोगितामा नेपालको युवा टोलीले प्रतिष्पर्धा गर्ने भएको छ। 

नेपाल भलिबल संघले बुधवार पत्रकार सम्मेलन गरेर उक्त सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह र मुख्य प्रशिक्षक जगदिश भट्टलगायतले मंगलवार टोलीको बिदाइ गरे।

नेपाली टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी र दिनेश कुँवर छन्। 

प्रशिक्षक रमेश केसी र सहायक प्रशिक्षकमा लालबहादुर बटाला, टिम म्यानेजरमा गणेशसिंह ठगुन्ना छन्। 

च्याम्पियनशिपमा नेपालसहित श्रीलंका, ताजकिस्तान, किर्गिस्तान, माल्दिभ्स र उज्बेकिस्तानले प्रतिष्पर्धा गर्दैछन्। 

यसअघि नेपालकै महिला टोलीले माल्दिभ्समा सम्पन्न काभा यू–२० महिला च्याम्पियनशिप खेलेको थियो। प्रतियोगितामा नेपाली टोली तेस्रो भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.