काठमाडौँ : नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले भेन्यू ई भेरियन्टको उत्पादन शुरु गरेको छ।
कर्पोरेशनले २०२४ मेबाट भेन्यू एस र एसएक्स उत्पादन शुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेशन, नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था हो।
कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन शुरु गरिएसँगै हुन्डाई नेपाल : मेड फर योर जर्नी क्याम्पेन पनि शुरु गरेको थियो। हालसम्म करिब २५० गाडी आफ्ना डिलरमार्फत बेचिसकेको जनाएको छ।
हुन्डाई भेन्यू ई को प्रारम्भिक मूल्य सीमित अवधिका लागि ४० लाख ९६ हजार कायम गरिएको छ। यसमा हाल चलिरहेको दशैँतिहार लक्षित योजना र थप छुट नहुने कम्पनीले जनाएको छ।
हाल नेपालमा उपलब्ध भेन्यूका अरू भेरियन्टको मूल्य यस प्रकार छ। भेन्यू (एस) १.२ को ४४,९६,००० र भेन्यू (एसएक्स) १.२ को मूल्य ५३,५६,००० कायम गरिएको छ। कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यूमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।
लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो।
स्वदेशम} उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्व वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युत्को खपत, कुल गार्हस्थ उत्पादनमा योगदानका साथसाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।
कर्पोरेशनले थप भेरियन्ट तथा अरू मोडेल पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।