काठमाडौं : इजरायली सेनाले लेबनानको हिजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनलाई मारेको छ।
यसै हप्ता बेरुतमा आक्रमण गरेर हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरुल्लाहको हत्या गरेको इजरायलले त्यसपछि उक्त समूहको नेतृत्वमा आएका सफीद्दीनको पनि ‘सफाया’ गरेको समाचारहरुमा जनाइएको छ।
यसबारे इजरायली डिफेन्स फोसेर्ज आईडीएफले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। तर इजरायली सेनाले राजधानी बेरुतसहित कयौँ सहरमा एकैपटक निशाना बनाएर शक्तिशाली बम वर्षा गरेको समाचारहरुमा जनाइएको छ।
न्यूयोर्क टाइम्सका अनुसार गएराति इजरायलले बेरुतको आकाशबाट बम वर्षा गराएको छ। जसले कयौँ आवसीय भवनहरु ध्वस्त भएको आशंका छ। जसमा १८ जनाले ज्यान गुमाइको जनाएको छ। तर, क्षतिको विवरण भने आइसकेको छैन।
इजरायलले बेरुतलगायतका क्षेत्रमा स्थलगतसहित हवाई आक्रमणलाई तीव्र बनाइरहेको छ। उसले हिजबुल्लाहका नेता र पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। निरन्तरको इजरायली आक्रमणबाट लेबनानमा लाखौँ मानिस विस्थापित भइसकेको समाचारहरुमा जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।