काठमाडौँ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छन्।
परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एशिया को-अपरेशन डायलग (एसीडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रवार अपराह्न स्वदेश फर्किएकी हुन्।
क्यानडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन्।
‘कतारमा एशिएन को-अपरेटिभ डाइलग थियो। त्यसमा २ वटा इस्यु थियो– एउटा एआईकै इस्यु थियो। वर्ल्ड पिस, एशियामा भइरहेको लडाइँका विषयमा‚ स्पोर्टस् डिप्लोमेसीको कुरा पनि थियो। नेपालमा माउन्टेरिङ र वाटर र्याफ्टिङको एकदमै सम्भावना छ‚ हामी त्यसमा लिडरशिप लिनसक्छौँ भन्ने कुरा राखेँ‚’ उनले भनिन्, ‘मलाई एकदमै राम्रो के लाग्यो भने जुनै देशमा जाँदा पनि नेपालीलाई राम्रो भनेको पाइयो। नेपालको इमेज बढाउन, नेपालमा इन्भेष्टमेन्ट ल्याउन, नेपालको विकास गर्ने काममा लागि यो भ्रमण सफल भएको छ।’
आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको दावी परराष्ट्रमन्त्री राणाले गरिन्।
कतारमा आयोजित एसीडी सम्मेलनका क्रममा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेकी थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।