|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : शरद ऋतुसँगै आकाश खुला र नीलो भएको छ। यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन्।

दशैँको धेरै रमाइलो र आकर्षक पक्षमध्ये चङ्गा उडाउनु पनि एक हो। त्यस कारण अझै केटाकेटीलाई त झनै दशैँको महत्त्व धेरै हुन्छ। दशैँ आएपछि स-साना केटाकेटी धेरै खुसी हुन्छन्।​

केटाकेटीहरु नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन्। हुनत काठमाडौँ उपत्यका बाहिरका शहर र गाउँमा पनि दशैँमा चङ्गा उडाइन्छ।

दशैँमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्य त छैन तर यो धेरै पुरानो प्रचलन हो। वर्षा र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीका लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्‍याउन चङ्गा उडाउने प्रचलन शुरु भएको जनविश्वास छ।

त्यस्तै दशैँमा स्कूल कलेजमा लामो बिदा हुनाले पनि केटाकेटी फुर्सदमा हुन्छन्। फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाउँदा उनीहरूको खुसीको सीमा हुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.