|
फाइल तस्वीर

काठमाडौँ : सहकारी ठगी प्रकरणमा संसदीय समितिको कारबाही सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका कार्यक्रमैपिच्छे विरोध प्रदर्शन भइरहेको छ। 

चितवनको मुग्लिङमा सहकारी पीडितले सभापति लामिछानेलाई कालोझण्डा देखाएको भोलिपल्टै आज भरतपुरस्थित नारायणीकला मन्दिरमा रास्वपाको प्रशिक्षण कार्यक्रम चलिरहँदा विरोध प्रदर्शन भएको छ। 

सहकारी पीडितले आफ्नो पैसा फिर्ता हुनुपर्ने माग राख्दै रविविरुद्ध लगातार प्रदर्शन गरिरहेका छन्। 

आज लायन्स चोकबाट सुरु भएको सहकारी पीडितको प्रदर्शन नारायणी कला मन्दिरअगाडि पुगेपछि मन्दिरभित्र रहेका रविका समर्थकले प्रदर्शनकारीमाथि ढुंगा र पानीका बोतल प्रहार गरेको साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले बताए।

प्रहरीले भने प्रदर्शनमा पुगेका सहकारी पीडितलाई नियन्त्रणमा लिएको छ। कार्यक्रमस्थलमा झडपको स्थिति सिर्जना भएपछि प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीको दावी छ।

रास्वपाले भने कांग्रेस–एमालेले कार्यक्रम बिथोल्न खोजेको आरोप लगाएको छ। घटनापछि रास्वपाले कार्यक्रम बिथोल्न कांगे्रस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको आरोप लगाएको हो। 

सभापति लामिछानेको सचिवालयले कार्यक्रम शुरु हुनै लाग्दा एक हुल कलामन्दिरमा जबरजस्ती प्रवेश गर्न खोज्दै ढुंगा प्रहार गरेको बताएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.