भारतीय शेयर बजारमा विदेशी लगानीकर्ता (एफपीआई) को लगानी सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७ मा उच्च देखिएको छ। यी दिनमा कुल २३,६५९ दशमलव ५५ करोड विदेशी लगानी भित्रिएको भारतको नेशनल सेक्युरिटीज डिपोजिटरी लिमिटेड (एनएसडीएल) तथ्याङ्कले देखाएको छ।
तथ्याङ्क अनुसार, सेप्टेम्बर २३ (सोमबार) मा सबैभन्दा बढी विदेशी लगानी प्रवाह भएको थियो। यो दिन १५,१८१ करोड लगानी भित्रिएको थियो। त्यस्तै, सेयर कारोबारको अन्तिम दिन सेप्टेम्बर २७ (शुक्रबार) ८,५३७ करोड भएको थियो।
अमेरिकी सरकारले ब्याजदर घटाएपछि भारतीय बजारमा तरलता प्रवाह बढेको छ। विदेशी लगानीकर्ताहरूको निरन्तर लगानीले भारतको स्टक बजारमा बढ्दो विश्वासलाई उजागर गरेको छ।
यसअघि, भारतीय शेयर बजारमा अगस्टमा विदेशी लगानी घटेर ७,३२२ करोडमा झरेको थियो, जुन पछिल्लो तीन महिनामा सबैभन्दा कम मासिक लगानी हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।