|

काठमाडौं :   असोज १०  र ११ गते लगातार परेको पानीका कारण देशका अधिकांश राजमार्गहरू पहिरोका  कारण अवरोध भएसँगै मालबहाक सवारीहरू पनि हप्तादिन सडकमै बस्न पर्ने अवस्था आयो। जसका कारण छिमेकी देश भारतबाट ल्याइएका तरकारी विशेष गरि अधिकांश आलु बाटौ मै कुहियो र केही सद्दे रहेका आलु व्यापारीहरूले सुकाउन थालेका छन्।

लाखौँको घाटा लागेको छ, कुहिएको लाई फ्याँक्ने र सद्दे आलुलाई सुकाउने काम अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा भई रहेको छ। त्यहाँका अधिकांश व्यापारीहरूले लाखौँको आलु फ्याँक्न परेको तर सरकारीले केही राहत नदिएको गुनासो गरिरहेका छन्।

भारतको गुजरात, पंजाब लगायतका स्थानबाट नेपालमा आलु आयात हुने र सो आलु १ बोरा किन्दा प्रति केजी ५७, ५८ रुपैँया पने भएता पनि अहिले बाटोका कारण धेरै आलु कुहिएको र घाटा सन्तुलन गर्नका लागि केही महँगो भएको व्यापारी सन्तोष ओस्ती बताए। उनले आफ्नै ३ लाख रुपैंया क्षती भएको र साथीहरूले त गाडीका गाडी फ्याँक्नु परेको उनले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.