|

काठमाडौं : अन्नपूर्ण सर्किट विश्वको उत्कृष्ट पदमार्गहरूमध्ये एक हो। मनमोहक हिम श्रृङ्खलाको दृश्यको साथसाथै पैदल यात्रीहरूका लागि बनेको  पदमार्ग आकर्षक रहेको छ। आवास खानाको व्यवस्था भएकोले यस क्षेत्रमा  पदयात्राका लागि मानिसहरूको चाप बढ्दो छ।

यो पदयात्रामा मनमोहक हिमशृङ्खला, विविध संस्कृति, धार्मिक तथा वस्तुकला  देख्न पाइन्छ।  यो ट्रेल १९७० सालमा खुला गरिएको थियो। अहिले नेपाली पर्यटकहरूको बढी मोह देखिन्छ।

यस यात्रामा अन्नपूर्ण प्रथम द्वितीय चौथो धौलागिरिको साथै फिस्टेल मनास्लु गंगपूर्ण तिलिचो चुचुरो अन्य हिमाल देख्न सकिन्छ।

तिलिचो यात्रा हुँदै थोरङ्ला पास गरेर मुक्तिनाथ झर्नु साहसिक काम हो। ​ थोरङ्ला(ला भनेको तिब्बती भाषामा पास हो।) शाब्दिक रुपमा यात्राको उच्च बिन्दु हो। अन्नपूर्ण सर्किटमा  थोरङ्लासबैभन्दा उच्च स्थान हो। यो  सर्किटमा सबैभन्दा जोखिमपूर्ण यात्रा पनि हो। 

सामान्यतया पदयात्रीहरूले धेरै छिटो हिँड्ने अनि शरीरलाई वातावरण अनुकूल हावासँग मिल्न नदिने हुनाले धेरैले यो पास गर्न सक्दैनन्। थोरङ्लाका लागि  काठमाडौंबाट बस या माइक्रो चढेर डुम्रे हुँदै बेसीसहरसम्म पुग्न सकिन्छ। बेसीसहरबाट पनि  पैदल यात्रा गर्न चाहिँ सकिन्छ। तर प्रायजसो पदयात्रीहरूले धारापानी चामेबाट नै पैदल यात्रा सुरु गर्छन्।

बेसीसहर पुगेसँगै खोलादेखि चामेसम्म २६३० मिटरको उचाइ हुँदै उकालो बाटो सुरु हुन्छ। सामान्य पदयात्रीहरू  चामेमा एक रात बसेर आफ्नो पैदल यात्राहरू सुरु गर्ने गर्छन्। चामेबाट अपर पिसाङ र  मनाङमा बास बस्ने गर्छन्। यो दुई वटा पोइन्ट भनेको पदयात्रीहरूले आफ्नो शरीरलाई त्यहाँको वातावरणसँग अनुकूलता मिलाउन सक्ने उचित स्थान हुन्। 

मनाङबाट याकखर्क जान तीन चार घण्टा लाग्छ।याकखर्क जाने क्रममै उच्च हावाको साथै मौसमको बारम्बार परिवर्तन पनि हुन्छ। सँगै उचाइ पनि बढ्दै जान्छ। याक खर्कको उचाइ ४०३६ मिटर छ। यसको मतलब चौरीहरूको चरन क्षेत्र हो। स्थानीयहरूले यसलाई चौरी चर्ने स्थानलाई याक खर्कका नाम दिएका हुन्। याक खर्कमा ठूलाठूला लजहरू खानेपानीको व्यवस्था बेकरी जस्ता कुराहरूको राम्रो व्यवस्था छ।

साथै वाइफाइको पनि राम्रो व्यवस्था छ। एनटिसीले अलि नेटवर्क देला नत्र भए ल्यान्डलाइन र स्याटेलाइट फोनको नै उपयोग हुन्छ। 

अन्नपूर्ण सर्किटको एक भागको रूपमा याकखर्कदेखि थोरङ्ला फेदीलाई पनि लिन सकिन्छ।  यसको दूरी ७.३ किलोमिटर छ। फेदीबाट थोरङ्ला हाइक्यामको उकालो बाटो ४ देखि ५ घण्टासम्म लाग्छ। थोरङ्ला फेदीको उचाइ ४४५० मिटर छ भने अनि थोरङ्ला हाई क्याम्पको उचाइ ४८०६ मिटर छ। केही पदयात्रीहरू थोरङ ला फेदीमा बसेर एकैचोटि थोरङ्ला पास गर्छन्। कोही थोरङ्ला फेदी, थोरङ्ला हाइक्याम्प बसेर भोलिपल्ट बिहानै मात्र पास गर्ने गर्छन् 

थोरङ्ला पास गर्ने दिन अन्नपूर्णको सर्किटको सबैभन्दा ठूलो र चुनौतीपूर्ण दिन मानि्छ। थोरङ्ला पास गर्दै मुक्तिनाथ निस्किने गरिन्छ। यसमा करिब १३ घण्टा बढी समय लाग्छ। पदयात्रीहरूको हिँडाइ अनुसार पनि समय फरक हुन सक्छ। यो यात्राको सबैभन्दा शारीरिक रुपमा चुनौतीपूर्ण छ।  क्याम्प ४८०० मिटरबाट थोरङ्ला पास ५४१६ हुँदै मुक्तिनाथ ३७६२ मिटर झर्नुपर्छ।

[काठमाडौं-चामे, चामे- मनाङ,मनाङ- याकखर्क, याकखर्क-थोरङ्ला फेदी, थोरङ्ला फेदी- हाइक्याम्प. हाइक्याम्प-मुक्तिनाथ]

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.