राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिकामा पाक्न लागेको धान बाढीले सखाप पारेको छ। ५० बिघाभन्दा बढी खेत बाढीले बगाएर ल्याएको बालुवाले भरिँदा दशैँको वेला किसानमा मारमा परेका छन्।
कञ्चनरुप–११ का पूर्ववडासदस्य कैलु चौधरीले पाक्न लागेको धानबालीमा बाढीले क्षति गरेपछि दशैँको मुखमा किसानमारमा परेको बताए। उहाँले स्थानीय राय खोलाले बेङ्गरी क्षेत्रमा रहेका धानखेतीमा ठूलो क्षति गरेको उनले बताए। ‘राय खोलाको बाँध भत्किँदा ६० भन्दा बढी किसानको खेतीयोग्य जग्गामा बालुवा भरिएको छ’, उनले भने, ‘ किसानले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ।’
यहाँका किसानले यो समस्या तीन वर्षदेखि यो समस्या झेल्दै आएका छन्। यसबारे पटक-पटक सरकारको ध्यानाकर्षण गर्दा पनि समस्या समाधान नभएको उनको भनाइ छ।
स्थानीय गोसाइ चौधरीले आफ्नो १२ कठ्ठा जग्गा बालुवाले पुरिएको दुखेसो पोखे। ‘पाँचदेखि छ मनसम्मको उत्पादन हुने खेत बगरमा जस्तै भएको छ। अहिले हामीले खेती गर्न सक्ने अवस्था छैन।’
यहाँका स्थानीयको आयको प्रमुख स्रोत खेती नै हो। स्थानीय सरकारले यस विषयमा उचित पहल नगरेको कारण किसान निराश बनेको स्थानीय समाजसेवी भोला पासवानले बताए। यस क्षेत्रमा समयमै समस्याको समाधान गर्न नसकिएकाले कृषि क्षेत्रको उत्पादनमा असर परेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।