|
फाइल तस्वीर

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैँ बिदाको अवधिभरि सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन्। 

गृह जिल्ला अर्घाखाँची आएका मुख्यमन्त्री आचार्यले दशैँ बिदाभरि सरकारी सवारीसाधन प्रयोग नगर्ने मुख्यमन्त्री आचार्यले जानकारी दिए।

निजी सवारीसाधन प्रयोग गरेर जिल्लास्तरीय भेटघाट थालेको प्रमुख स्वकीय सचिव कुशल भुसालले जानकारी दिए।

मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधन चढेका हुन्।

मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने लु १ झ ४९८ नम्बरको गाडी दशैँ बिदाभरिका लागि फिर्ता गरेका छन्।

स्कर्टिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.