काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पनि दशैँको टीका लगाएका छन्। आफ्नो पुख्यौली गाउँ गोरखामा पुगेर आफ्ना बुबा भोजप्रसाद भट्टराईको हातबाट उनले दशैँको टीका जमरा लगाएका हुन्।
यस्तै आफूले करिब ३० वर्षपछि आफ्नो पुर्ख्यौली गाउँमा पुगेर दशैँ मनाएको समेत उनले बताएका छन्। डा भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन् ' २०५२ सालपछि पहिलोपटक गाउँलेहरूका साथ दशैँ मनाउँदा अपार हर्षको अनुभूति भएको छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।