काठमाडौं : काठमाडौंमा टीका लगाउनको लागि मान्यजनकोमा जाने र फर्किनेहरूको चहलपहल बढेको छ। विजया दशमीदेखि ठूलावडा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ।
क्षेत्रगत हिसाबले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाइन्छ। आज बिहान ११:३६ को शुभ साइतमा टीका लगाएर अहिले मानिसहरू आफ्ना मान्यजनको हातबाट टीका लगाउन आफन्तकोमा गइरहेका छन्।
सार्वजनिक सवारी पनि फाटफुट मात्रै चले तापनि मानिसहरू ट्याक्सी र अन्य निजी सवारीका साधनबाट आफ्नो गन्तव्यतर्फ गइरहेका छन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।