|

काठमाडौं : पूर्वपश्चिम राजमार्गस्थित रत्ननगर नगरपालिकामा आइतबार साँझ मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

रत्ननगर-३ शान्तिचोकमा भएको दुर्घटनामा चितवन खैरहनी नगरपालिका-१ का दिपेश चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। स्कुटरचालक चौधरीको उपचारका क्रममा भरतपुरस्थित मनकामना अस्पतालमा पौने ८ बजे मृत्यु भएको हो। 

खैरहनीबाट टाँडीतर्फ जाँदैगरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर साँझ सवा ६ बजेतिर ठक्कर खाएका हुन्।

स्कुटरमा पछाडि सवार २४ वर्षीय  अर्जुन चौधरीको नाक र मुखमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको र मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

मोटरसाइकलका चालक चितवन खैरहनी-१ का २२ वर्षीय अनिस बस्नेत मोटरसाइकल पछाडि  बस्ने २२ वर्षीय सुजेक दराईको उपचार पुरानो मोडिकल कलेज भरतपुरमा भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.