ज्यान माया मारेर हिँड्न बाध्य छन् मुगुम कार्मारोङवासी

|

मुगु  : जिल्लाको मात्र नभई सिङ्गो कर्णाली प्रदेशकै लाइफ लाइनका रूपमा रहेको गमगढी नाक्चा सडक खण्ड समयमै बन्न नसक्दा कर्णाली प्रदेशकै दुर्भाग्य जस्तै भएको छ।

गमगढी नाक्चेनाङ्ला सबैभन्दा छोटो नाका भए पनि सरकारले वर्षौंदेखि बेवास्ता गरिरहेको छ। ८५ किमी दूरीको यो सडक संघीय सरकारको मातहतमा भएर पनि संघीय सरकारले प्राथमिकतामा नराख्नु कर्णाली प्रदेशकै दुर्भाग्य भएको छ। यतिबेला मुगुका नागरिकले संघ सरकारलाई यो सडक कहिले बन्छ? भन्ने प्रश्न गरेका छन्।

आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरुवात गरिएको थियो। गमगढी–नाक्चेलाग्ना सडक अठार वर्षमा १७ किलोमिटर मात्र ट्याक्क खोलिएको छ। गमगढी–नाक्चेलाग्ना सडक संघीय सरकारको उच्च प्राथकितामा नपरेको र आवश्यक मात्रामा बजेट विनियोजन नगरिँदा सडक निर्माणको काम कछुवाको गतिमा अघि बढेको छ।

सडक निर्माणकार्य सुस्त हुँदा स्थानीयको वर्षौँदेखिको गाडी चढ्ने सपना पनी अझै पूरा हुन सकेको छैन। सडक नबन्दा मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीयलाई खाद्यान्न र दैनिक उपभोग्य सामान खरिद गर्न दुई, तीन दिन पैदल हिँड्नुपर्ने बाध्यता छ।

नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाक्चेलाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगु मात्र नभएर सिङ्गो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने विश्वास छ।

समयमै सडक नबन्दा नागरिकले समस्या खेपेकै छन् भने कर्णाली प्रदेशको सम्भावना बोकेको सडक ओझलमा परेको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए। उनी भन्छन्, 'मुगुमकार्मारोङ गाउँपालिका ८ माग्री डाँडाको भिर कडा चट्टान फोड्न बजेट माग गरेको भए पनि सुनुवाइ कहीँ कतै भएको छैन।'

गमगढी नाक्चेनाङ्ला सडकको लागि संघ सरकारले गत वर्ष ८० लाख बजेट विनियोजन गरेको भए पनि सरकार फेरबदलले रकम निकासा नभएको र काम रोकिएको जनाइएको छ।

गत वर्षको बजेटमा कर्णाली प्रदेश सरकारको ढुङेधारादेखि लामासिम सम्म ६ किलोमिटर सडक खनिएको छ। यो आर्थिक वर्षमा लामासिमबाट पालिकाको मुख्य केन्द्र पुलुसम्म सडक जोडिने अध्यक्ष लामाले बताए।

खच्चडकै भरमा ढुवानी

मुगुमकार्मारोङ गाउँपालिका सडक सञ्जालसँग नजोडिँदा करान भेगका बस्तीमा अझै पनि खाद्यान्न ढुवानीका लागि खच्चडकै प्रयोग हुने गरेको छ। मुगुमकार्मारोङ गाउँपालिका ९ छायल सम्म सडक जोडिएको भए पनि माथिल्लो करान भेगमा सडक सञ्जाल जोडिएको छैन।

खाद्यान्न ढुवानीलगायत अन्य सामाग्री ढुवानीको विकल्पमा कि त स्थानीय आफैँले बोकेर लैजानुपर्ने हुन्छ, कि खच्चडकै भर पर्नुपर्ने  स्थानीय पेमा लामाले बताए।

मुगुमकार्मारोङ गाउँपालिकामा विकास निर्माणका काम बालुवा, सिमेन्ट र खाद्यान्न सामग्री बोकाएर ल्याउने लैजान खच्चडको पयोग गर्ने गरिएको छ। उकालो, ओरालो, भीरको बाटो हिड्नुपर्ने हुन्छ, कतिपय ठाउँमा भीरमा खच्चड खसेर मर्ने गरेको उनले बताए।

महँगीको मारमा जीवन धान्दै

सडक नबन्दा सदियौँदेखिको कर्णालीवासीको तिब्वतमा जडीबुडी, ऊन र नुनका साथै भेडा–च्याङ्ग्राको व्यापार विस्तार गर्ने सपना साँघुरिँदै गएको छ। सडक निर्माणका लागि करोडभन्दा बढी रकम खर्च भइसकेको छ। अहिले किम्री, कार्ती, ताखा, खारी, मुगु, डोल्फु, चितै, रिउस र पुवागाउँका स्थानीयलाई मोटर चढ्न कम्तीमा डेढ दिन हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय गुरुस्याग्प लामाले बताए।

सडक सुविधा नहुँदा कार्मारोङवासी लामो समयदेखि महँगीको मारमा जीविकोपार्जन गर्न बाध्य रहेका र गमगढीमा २५ सय पर्ने एक बोरा चामल त्यसको मूल्य बढेर मुगुमकार्मारोङमा ४ हजार देखि ५ हजार सम्म पर्ने गरेको छ। सडक सञ्जाल नहुँदा आवागमन तथा दैनिक उपभोग्यवस्तुका लागि स्थानीयले सास्ती खेप्दै आएका स्थानीयको भनाइ छ ।

जोखिम मोलेर यात्रा

मुगुमकार्मारोङ गाउँपालिका सडक सञ्जालमा नजोडिएपछि त्यस गाउँपालिकाका स्थानीयहरूलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ। मुगुमकार्मारोङ गाउँपालिकावासी र काम विशेषले मुगुमकार्मारोङ गाउँपालिका पुग्नैपर्ने कर्मचारी नागरिकहरु लाई पनी जोखिममोलेर यो बाटोमा यात्रा गर्न बाध्य भएका छन्।

तल कर्णाली गोरेटो बाटो अग्ला काला पत्थर जस्ता डाँडाले घेरीएको मुगुमकार्मारोङ गाउँपालिका पुग्नै ज्यान जोखिम राखेर हिँड्नुको विकल्प छैन।  वर्षातको समयमा पहिरोले सडक गोरेटो बाटो अवरुद्ध हुने माथिबाट पहिरो ढुङ्घा खस्ने जोखिम पनी मुगुमकार्मारोङ गाउँपालिका पुग्ने बाटोमा उत्तिकै छ।

साँघुरो बाटो उकाली, ओरालीले गर्दा कतिखेर के हुने हो? भनेर डराउँदै हिँड्नुपर्ने अवस्था कर्मचारी, नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य भएका नेपाल पत्रकार महांसघका अध्यक्ष नृर्पेन्द्रबहादुर मल्लले बताए।

मुगुमकार्मारोङ गाउँपालिकामा सडक सञ्जालमा नजोडिदा यात्रामा जोखिम छ। मुगुमकार्मारोङ गाउँपालिका ८ माग्री डाँडामा कडा चट्टानले गर्दा झनै यात्रा जोखिमा छ। साघुरो बाटमा यात्रा गर्दा डर लाग्ने उत्तिकै छ। माग्री डाँडामा कडा चट्टा फोड्न सके सडक पनी सहज रुपमा पालिकासम्म पुग्ने र यात्रामा सहज हुने भएको पनी त्यो कडा चट्टानले सडक विस्तारमा सकस हुनुका साथै यात्रापनी जोखिम भएको सम्बिन्धत निकायले ध्यान दिनुपर्ने अध्यक्ष मल्लले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.