भक्तपुर : जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको ३ राउण्ड गोली र एक थान पेस्तोलसहित आज एकजनालाई पक्राउ गरेको छ।
काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङले हतियार बोकी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ।
प्रहरी टोलीले घरबाटै ३ राउण्ड गोली लोड भएको मेड इन यूएसए लेखिएको पेस्तोलसहित तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए। म्याद थप गरी आजै तामाङमाथि थप अनुसन्धान शुरु गरिएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।