काठमाडौँ : नेपाल आयल निगमले लगातार घट्दै आएको पेट्रोलियम पदार्थको मूल्य यसपटक भने बढाएको छ।
आज राति १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँका दरले बढाइएको हो।
मूल्य बढेसँगै तेस्रो वर्ग काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ पुगेको छ। दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्गअन्तर्गतका क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ।
त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गअन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ, दोस्रो वर्गअन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र तेस्रो वर्गअन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ कायम भएको जनाइएको छ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।
यसअघि ३ पटकसम्म मूल्य घटेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।