|
तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिकामा नेपालले खेल्ने क्रिकेट शृंखलाका लागि पुबुदू दासानायकेलाई मेन्टर नियुक्त गरेको छ। यो शृंखलाका लागि नेपालका पूर्वप्रशिक्षकसमेत रहेका दासानायकेलाई मेन्टरमा मनोनयन गरिएको क्यानले जानकारी दिएको छ।

क्यानले उनलाई आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, घरेलु टोली अमेरिका र स्कटल्यान्डबीच हुने एकदिवसीय त्रिकोणात्मक शृंखलाका लागि मेन्टर नियुक्त गरिएको जनाएको छ। यही कात्तिक ९ गतेदेखि १९ गतेसम्म अमेरिका र स्कटल्याण्डसँग लिग–२ मा नेपालले प्रतिस्पर्धा गर्दै छ। 

नेपाल र अमेरिकाबीचको टी–२० अन्तरराष्ट्रिय क्रिकेट शृ्खला भोलि शुरु हुने भएको छ। नेपाली समयअनुसार भोलि विहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। 

नेपाल र अमेरिकाबीच पहिलो पटक टी–२० अन्तरराष्ट्रिय खेल हुन लागेको हो। दोस्रो टी–२० खेल आगामी आइतवार र तेस्रो तथा अन्तिम खेल आगामी सोमवार हुनेछ।

क्यानडामा विश्वकप छनोटअन्तर्गत लिग-२ को शृंखला खेलेर नेपाली क्रिकेट टोली त्यहाँबाट सीधै अमेरिका गएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.