काठमाडौं : काठमाडौंको मीनभवनमा आज बिहान घरको छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय नजिकै घरको चौथो तलामा निर्माणको काम गरिरहेका बेला चिप्लिएर खस्दा नुवाकोट बेलकोटगढी नगरपालिका-३ का ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको हो।
छतबाट खसेर गम्भीर घाइते भएका भुजेलको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त नयाँबानेश्वरका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।