काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो। बैठकमा पछिल्लो राजनीतिक र आर्थिक अवस्थाका बारेमा छलफल हुने जनाइएको छ।
सरकारले सय दिन पार गरेलगत्तै विपक्षी दलहरूले सरकारविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन्। विपक्षी दलको मोर्चाबन्दीलाई कसरी कमजोर पार्ने र सरकारविरुद्ध सडकमा देखिन थालेको आक्रोशलाई कसरी मत्थर पार्ने भन्ने विषयमा बैठकमा छलफल गर्ने सत्तारुढको तयारी छ।
यसअघि गत मंगलबार बसेको बैठकले सरकारका सय दिनको समीक्षा गरेको थियो । सत्तारुढ दलले आजको बैठकबाट सरकारको आगामी कामबारे दृष्टिकोण सार्वजनिक गर्ने तयारी गरेका छन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।