काठमाडौँ : कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।
शुक्रवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘कृषिमा लगानी दशकको सान्दर्भिकता र निजी क्षेत्रको भुमिका’ विषयक अन्तरक्रियात्मक गोष्ठिमा बोल्दै उनले यस्तो बताएका छन्।
उनले कृषि अनुदानमा डुप्लिकेशन हुन नदिन त्यसमा पुनरावलोकन गरी कृषि सहुलियत र अनुदानलाई उत्पादनमा प्रोत्साहित गर्नुपर्ने बताए।
उनले कृषि ऋणको लागि धितो मूल्याङ्कन विधि सहज र सरल बनाइ ऋण प्रवाहमा छिटो, छरितो बनाउनुपर्ने पनि जरुरी देखिएको बताए। उनले कृषिजन्य उपजको आयातभन्दा स्थानीय उत्पादनको प्रवद्र्धनमा सरकारले सहजीकरण गर्ने बताए।
उनले राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिँदै कृषिको व्यवसायिकरण र आधुनिकिकरण गर्ने निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए।
उनले रैथाने बालिहरुको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।