काठमाडौँ : गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको बताएका छन्।
शुक्रवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले सरकार बदलिने कुरा निरर्थक हल्ला र भ्रमपूर्ण हल्ला भएको बताएका हुन्।
उनले यस प्रकारको हल्लाका पछाडि कुनै तर्क र अर्थ नभएको बताए। उनले वर्तमान सरकार बहुमतका साथ अघि बढिरहेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रह गरे।
गृहमन्त्री लेखकले भने‚ ‘यो सरकार आज बदलिन्छ। भोलि बदलिन्छ भन्नु निरर्थक र भ्रमपूर्ण कुरा हो। अहिलेको सरकार अत्यन्त बहुमतका साथ अघि बढिरहेको छ। त्यो भ्रममा नपर्न पनि आजको बैठकले दृढ विश्वास व्यक्त गरेको छ।’
गृहमन्त्री लेखकले संविधान संशोधन राजनीतिक सहमति निर्माण गरेर गरिने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।