काठमाडौँ : सडक प्रदर्शन गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दाेलनको स्वरुप परिवर्तन गर्न लागेको छ।
रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौँमा पक्राउ गरी पोखरा लगेपछि गत शनिवारदेखि पोखरामा दैनिक सडक प्रदर्शन गरिरहेको रास्वपाले आज (शुक्रवार) काठमाडौँमा सडक प्रदर्शन गरेको थियो।
रास्वपाले आफ्ना सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरी मुद्दा चलाएको आरोप लगाउँदै सडक प्रदर्शन गर्दै आएको छ।
केन्द्रीय समितिको बैठकले आगामी दिनका विरोध कार्यक्रमसम्बन्धमा निर्णय गर्ने रास्वपाले जनाएको छ। विरोध प्रदर्शन उपत्यकाव्यापी बनाउने तयारी गरिने रास्वपाले जनाएको छ।
रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा काठमाडौँमा कात्तिक २ गते पक्राउ गरेर प्रहरीले पोखरा लगेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।