|

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि अनुशासित नागरिक बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।

अखिल नेपाल महिला सङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘नारी सङ्कल्प’ विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले सामाजिक अराजकता विकास र समृद्धिको बाधक रहेको बताए।

समाजमा सांस्कृतिक मूल्य र मान्यताको विघटन तीव्र गतिमा भइरहेकाप्रति चिन्ता व्यक्त गर्नुहुँदै महासचिव पोखरेलले भने, “जातीय अतिवादले हाम्रो मौलिक संस्कृतिमाथि प्रहार गरिरहेको छ। हिजो मिलेर संस्कृति निर्माण गरेको समुदाय आज संस्कृतिलाई भागबण्डा लगाउने सङ्कीर्ण मान्यताको शिकार भएका छन्। जसले हाम्रो मौलिक धरातललाई कमजोर बनाइरहेको छ।”

उनले धार्मिक अतिवादका नाममा हाम्रो सनातन संस्कृतिलाई कमजोर बनाउने काम भइरहेकाले नेपालको मौलिक संस्कृतिलाई संरक्षण र जर्गेना गर्नुपर्ने आवश्यकता रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.