काठमाडौं : भाइटीका नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ। एकाबिहानैदेखि उनीहरू फूलबारीमा व्यस्त रहने गरेका छन्। मखमली फूलका लागि भक्तपुरको ताथली र गुण्डु प्रसिद्ध छन् ।
अधिकांशका बारीमा ढकमक्क मखमली फुलेका छन्। कतिपयले सयपत्री फूलको खेती गरेका छन्। मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुलारूपमा पनि बेच्ने गरिन्छ।
केही वर्षदेखि यो भेगका कृषकको मुख्य आयस्रोत मखमली फूल खेती बनेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।