पाल्पा : लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सय दिनमा सम्पादित मुख्य मुख्य उपलब्धिहरू सार्वजनिक गरिएको छ।
स्वास्थ्यमन्त्री खेम बहादुर सारूले आफू स्वास्थ्यमन्त्री भएपछि सय दिनमा गरेका कामका बारेमा बिहिवार तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
फूले जिम्मेवार पाएपछि ५५ वटा कार्यक्रम अगाडि सारेका थिए। १९ वटा कामलाई प्राथमिकता दिएर काम गरेको उनले बताए। अन्य कार्यक्रम पनि अगाडि बढिरहेको छ।
१२ शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन शिलान्यास गर्ने कामलाई पहिलो प्राथमिकताको रुपमा लिएका छन्। बुटवलमा १२ शय्या रहने अस्पतालको १२ तले भवन आगामी २०८५ साल पुससम्म निर्माण कार्य सम्पन्न गर्नेगरी अहिले काम भइरहेको मन्त्री सारूले बताए।
यस्तै क्यान्सर, मुटुको भल्भ फेर्न र मृगौला प्रत्यारोपण गर्नुपर्ने विरामीले प्राप्त गर्ने सहयोगका लागि प्रदेश राजधानी धाउनु पर्दैन। प्रदेश सरकारले विशेष आर्थिक सुविधाको रूपमा प्रदान गर्ने सुविधाको स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई परिमार्जन गरी प्रदेश राजधानीमा सिफारिस लिन आउने बाध्यताको अन्त्य गरी जिल्ला स्वास्थ्य कार्यालयमार्फत नै सिफारिस उपलब्ध हुने व्यवस्था मिलाएको उपलब्धिमा उल्लेख छ।
आफू मन्त्री भएपछि महिला बालबालिका तथा किशोरीहरूको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम संचालन कार्यविधि २०८१ तयार गरेको जानकारी दिए। यस प्रदेशमा उच्च रहेको महिला, बालबालिका, तथा किशोरीहरूमा कुपोषणको अवस्थाको दीगो विकासको लक्ष्यलाई हासिल गर्नका लागि त्रिवर्षीय योजना बनाएर काम थालेको उनले बताए।
अस्पताल तथा स्वास्थ्य संस्थामा रहेका मेडिकल औजार उपकरणको मर्मत सम्भार र व्यवस्थापनको काम भइरहेको छ।
कुष्ठरोग र हात्तीपाइलेका कारण अपांगता भएका नागरिकहरूप्रतिको भेदभाव अन्त्य गर्न तथा जिविकोपार्जन र आत्मनिर्भरता अभिवृद्धिका लागि स्वयं हेरचाह सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गरी कार्यान्वयनमा लगिएको भन्दै उनले उपलब्धिका रूपमा लिएका छन्।
प्रदेश अन्तर्गतका सरकारी अस्पताल तथा प्रयोगशालाहरूमा गरिने रक्त परीक्षण, एक्स(रे तथा भिडियो एक्स(रे को सेवा शुल्कमा एकरुपता कायम गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ। अस्पताल विकास समिति ९गठन तथा संचालन० नियमावली २०८०, संशोधन २०८१ मन्त्रीपरिषद्को बैठकले पारित गरेको उनले बताए।
स्वास्थ्य बीमा नीतिअनुसार औपचारिक क्षेत्रका कर्मचारीहरूलाई स्वास्थ्य बीमामा आवद्ध गराउने उद्देश्य अनुरुप लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र मातहतका निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, १३ वटै अस्पताल,१२ वटा स्वास्थ्य कार्यालय र १३ वटा आयुर्वेद स्वास्थ्य संस्थाहरूमा कार्यरत २०६४ जना कर्मचारी र निजका आश्रित परिवारका सदस्यहरूलाई स्वास्थ्य बीमा गराई अभियानको रूपमा शुरूवात गरिएको कामलाई मन्त्री सारूले उपलब्धी ठानेका छन्।
सेवाग्राहीलाई सरकारी अस्पतालबाट छिटो छरितो गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताको लागि पहल गरेका छौँ। सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी क्लिनिक तथा अस्पतालहरूमा निजी अभ्यासको क्रममा सरकारी कार्यालयको नाम र पदको प्रयोग गर्न पाउने छैनन्। निजी अभ्यासको लागि पूर्व स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको उनले बताए।
कोभिड १९ को कारण मृत्यु भएका परिवारलाई आर्थिक सहयोग बापत प्रति परिवार एक लाख रुपैयाँ उपलब्ध गराउन प्रमाणित तथा माग भइ आएको दाङ र पाल्पा जिल्लाका परिवारलाई सहयोग रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उपलब्धिमा भनिएको छ।
उनले थपे झविरामीको अत्याधिक चाप हुने अस्पतालहरूमा ई(टिकेटिङ, टोकन प्रणाली र बीमा काउण्टर सेवा थप गरिएको छ। स्वास्थ्य सेवाको क्षेत्रमा देखिएका विकृति रोक्न सरकारले कडाइका साथ अनुगमन गरिरहेका छौँ।
भूगोलमा आधारित फरक खालका स्वास्थ्य समस्या जस्तै सिकलसेल एनिमिया थालेसिमियाको समस्या समाधान गर्न प्रदेश सरकारले विशेष ध्यान दिएको मुख्य उपलब्धिमा उल्लेख छ।
प्रदेश राजधानीमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सुविधा सम्पन्न प्रादेशिक भालुवाङ सञ्चालनको लागि जनशक्ति पदपूर्ति गरी सेवा प्रक्रिया अघि बढिरहेको छ।
मातृ शिशु सम्बन्धि सुचांक न्यून रहेका जिल्लाहरूमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरी सेवा सुदृढीकरणका लागि साझेदार संस्था युनिसेफ मार्फत अर्घाखाँची, कपिलवस्तु र रूपन्देहीका अस्पतालहरूमा सेवा प्रभाकारीका लागि सुनिश्चितता गरिएको उपलब्धिमा भनिएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रामपुर, पाल्पा, र बर्दिया अस्पतालमा स्तरोन्नति र गुणस्तरीय सेवा प्रवाहका लागि छलफल अन्तरक्रिया गरेको बताए।
भीम अस्पताल भैरहवा, पृथ्वी चन्द्र अस्पताल नवलपरासी, आयुर्वेद अस्पताल कपिलवस्तुको भवन निर्माण कार्य सम्पन्न भएको मन्त्री सारूले बताए।
लुम्बिनी प्रदेशको स्वास्थ्य समाज निर्माण तथा स्वास्थ्य क्षेत्रको व्यवस्थापन, स्तरोन्नति, गुणस्तरीय स्वास्थ्य सेवामा जनताको सहज पहुँचको लागि ५५ बुदे कार्ययोजना र १५ बुदे लमही घोषणा पत्र तयार गरी कार्यान्वयनको क्रममा रहेको लगायतका उपलब्धिबारे उनले बताए।
रोग लाग्नु भन्दा रोग नै नलाग्ने गरी आफूले कार्यक्रम संचालन गरिरहेको स्वास्थ्यमन्त्री सारूले बताए। जनताको आवश्यकता र मागलाई मध्यनजर गरेक सबैको सल्लाह सुझाव लिएर काम गर्ने उनले बताए।
सार्वजनिक कार्यक्रममा संघीय संसद ठाकुर गैरे, नारायण आचार्य, प्रदेश संसद, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख, पत्रकार, सर्वसाधारण लगायतले सुझाव दिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।