|

गौर : तराई मधेशमा छठ पर्वको तयारी व्यापक रूपमा भइरहेको छ। छठ आउन अझै एक साता बाँकी हुँदा पोखरी, खोलानाला र अन्य जलाशय किनारमा छठ घाट निर्माण भइरहेको छ।

स्थानीय बासिन्दाहरूका अनुसार रौतहट जिल्लाका १८ वटै पालिकामा जलाशयका किनार सफाइ गरी बाँसका खट गाडी बत्ती जडानका साथ छठ घाट बनाउने काम भइरहेको छ।

यो वर्ष छठ कार्तिक २२ गते परेको छ। कतिपय ठाउँमा स्थानीयले सहयोग गर्दै आएका छन् भने कतिपय ठाउँमा वडा तथा नगरपालिकाले आर्थिक सहयोग गरेका छन्। रौतहटको वृन्दावन नगरपालिकामा ५० वटा छठ घाट बनाइँदै छ। वृन्दावनका नगरप्रमुख विनोदप्रसाद कुर्मीले घाट बनाउन आर्थिक सहयोग र अन्य पूर्वाधारमा ध्यान दिँदै आएको बताए।

छठ पर्वको धार्मिक महत्त्व र सामाजिक एकताका लागि छठ घाटको उचित निर्माण, सफाइ, र व्यवस्थापन महत्त्वपूर्ण मानिन्छ। यो पर्वमा व्रतालुले घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य चढाउने परम्परा छ। यसका लागि व्रतालुहरू आवश्यक सामग्री जुटाउन थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.