|

काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले बिहीबार मध्य रातमा लागू हुने गरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो।​

काठमाडौँ‚ पोखरा र दिपायलमा यी दुई पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ। त्यसैगरी सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ।​

योपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २५ पैसा र डिजेलमा रु. १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.